रामधुनी : रामधुनी नगरपालिका वडा नम्बर १ का अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हरिवश शाहले मनोनयन दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय रामधुनी ३ पुगेर शाहले उम्मेदवारी दर्ता गरेका हुन् ।
नेपाली काँग्रेसबाट २०७४ सालमा वडा सदस्यमा निर्वाचित शाहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन् । पार्टीले टिकट नदिएपछि शाहले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका थिए ।
अधिलो निर्वाचनमा नै आफू अध्यक्ष दाबेदार भएकाले यस पटक पनि पाटीले टिकट नदिएकाले गर्दा आफूले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका साहले बताए ।
रामधुनी १ को समग्र विकासका लागि भन्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् ।







