- संगम विष्ट
बराहक्षेत्र । आसन्न स्थानीय तहको निर्वाचनमा वराहक्षेत्र नगरपालिकामा नेपाली काङ्ग्रेस र माअोवादि केन्द्रको संयुक्त गठवन्धनबाट मेयरका उम्मेदवार रमेश कार्कीले आफ्नो नेतृत्वमा वराहक्षेत्रको इतिहास कायम हुने गरी सुन्दर , सम्पन र समृद्धि वराहक्षेत्र निर्माणको खाका तयार भइसकेको बताएका छन् ।
भ्रष्टाचार न्यूनीकरण आफ्नो महत्त्वपूर्ण कदम हुने उनले स्पष्ट गरेका छन् । गठबन्धनको समर्थनमा मेयर पदका उमेद्वार कार्कीले चुनाव जितेर नगरपालिकाको नेतृत्वमा पुगेपछि वराहक्षेत्रवासीको चाहना र आकाङ्क्षा अनुरूपको बिकास निर्माण आफ्नो कर्तव्य हुने बताएका हुन् ।
निर्वाचन अभियान अन्तर्गत घरदैको कार्यक्रमका क्रममा बोल्दै कार्की भने, ‘म वराहक्षेत्रमै जन्मेर हुर्केको मानिस हुँ । मैले वराहक्षेत्रको हावापानी बुझेको छु। नगरबासीको चाहनासँग पनि परिचित छु । त्यसैले नगरवासीको विकासप्रतिको चाहना नै मेरो प्रतिबद्धता हुनेछ।” सबै प्रशासनिक र आर्थिक गतिविधिलाई अत्याधुनिक डिजिटल प्रविधिमा प्रतिबद्धता जनाउँदै उनले प्रविधि प्रयोगबाट सेवा लिन नगरवासीलाई समेत अभ्यस्त गराउने आफ्नो योजना रहेको उनको भनाई छ ।
उनले भने, ‘नगरको विकास जनताको चाहना, राजनीतिक नेतृत्वको सोच र कर्मचारीतन्त्रको कार्यान्वयनबाट मात्र सम्भव हुने भएकोले सबै पक्ष उत्तिकै जिम्मेवार भएर काम गर्नुपर्छ ।’
नगरबाट हुने सेवा प्रवाहमा कुनै किसिमको भेदभाव नगरी नगरवासीले देख्ने अनि महसुस हुने गरीको परिवर्तनको योजना आफूसँग भएको कार्कीले सुनाए उनले भने,“ठाउँ विशेष हेरेर विकासका योजना सञ्चालन गर्ने होइन बरु आवश्यकता, माग र एकरूपताको आधारमा गर्नेछु।” नगरवासी आफ्ना परिवारका सदस्य भएकाले यो चुनावमा अत्यधिक मत दिएर आफूलाई जनसेवा गर्ने अवसर प्रदान गर्न समेत कार्कीले आग्रह गरे ।
विपन्नहरूको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याएर उदाहरण पेस गर्ने सम्मको योजना बनाएको कार्कीले जानकारी दिए । उनले भने, ‘रोजगारीका लागी उद्योग सञ्चालन गर्न उद्योगी र औद्योगिक क्षेत्रलाई आग्रह गर्छु । सकेको केन्द्रीय स्तरमा समेत पहल गर्नेछु ।”
खोलामा तटबन्ध निर्माण गरी बस्ती संरक्षण गर्ने, विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा नगरले सहयोग गर्ने, शुद्ध पिउने पानीको पहुँच बढाउने, नगरलाई स्वच्छ र सफा राख्न सरसफाइका गतिविधिहरू सञ्चालन गर्ने, धार्मिक एब पर्यटन क्षेत्रको प्रवधन गर्ने योजना रहेको सुनाए ।