रामधुनी : रामधुनी ५ मा कांग्रेसबाट टिकट पाएका भोला बास्तोला वडाध्यक्षको बलियो उम्मेदवार रुपमा देखिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदैँ जाँदा रामधुनी –५ मा वडाध्यक्ष पदमा उम्मेदवार बनेका भोला बास्तोला बिलयो उम्मेदवारको रुपमा देखिएका हुन् ।
रामधुनी ५ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट टिकट लिएर अहिले चुनावी मैदानमा बास्तोला उत्रिएका छन् । जनताको चाहना र माग अनुसार नेपाली कांग्रेसले भोला बास्तोलालाई टिकट उपलब्ध गराएपछि वडावासीमा उत्साह थपिएको छ ।
विशेष गरी जनतालाई विकासको अनुभुति गराउन र रामधुनी ५ वडाको मुहार फेर्न बास्तोला जनतामाझ ओर्लिएका हुन ।
रामधुनी ५ लाई शैक्षिक हबका रुपमा बिकार गर्न र युवालाई आफ्नौ बडामा रोजगारी दिने उद्देश्यका साथ घरदैलो कार्यक्रममा रूख चुनाब चिन्हमा मतदान गर्न आग्रह गर्दै हिँडिरहेका छन् ।
चुनावी अभियानलाई तीव्रता दिदैँ आएका वडाध्यक्ष पदमा उम्मेदवार भोला बास्तोला जनतामा लोकप्रिय भएका युवा नेताका रुपमा चिनिएका छन् । नेपाली कांग्रेसले रामधुनी ५ मा विकास गर्नका निमित र जनताको भावना अनुसार काम गर्नका लागि जिम्मेवारी दिएपछि अहिले उनी चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् ।