ADVERTISEMENT

रामधुनी ५ मा कांग्रेसबाट भोला बास्तोला वडाध्यक्षको बलियो उम्मेदवार

रामधुनी : रामधुनी ५ मा कांग्रेसबाट टिकट पाएका भोला बास्तोला वडाध्यक्षको बलियो उम्मेदवार रुपमा देखिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदैँ जाँदा रामधुनी –५ मा वडाध्यक्ष पदमा उम्मेदवार बनेका भोला बास्तोला बिलयो उम्मेदवारको रुपमा देखिएका हुन् ।
रामधुनी ५ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट टिकट लिएर अहिले चुनावी मैदानमा बास्तोला उत्रिएका छन् । जनताको चाहना र माग अनुसार नेपाली कांग्रेसले भोला बास्तोलालाई टिकट उपलब्ध गराएपछि वडावासीमा उत्साह थपिएको छ ।
विशेष गरी जनतालाई विकासको अनुभुति गराउन र रामधुनी ५ वडाको मुहार फेर्न बास्तोला  जनतामाझ ओर्लिएका हुन ।
रामधुनी ५ लाई शैक्षिक हबका रुपमा बिकार गर्न र युवालाई आफ्नौ बडामा रोजगारी दिने उद्देश्यका साथ घरदैलो कार्यक्रममा रूख चुनाब चिन्हमा मतदान गर्न आग्रह गर्दै हिँडिरहेका छन् ।
चुनावी अभियानलाई तीव्रता दिदैँ आएका वडाध्यक्ष पदमा उम्मेदवार भोला बास्तोला जनतामा लोकप्रिय भएका युवा नेताका रुपमा चिनिएका छन् । नेपाली कांग्रेसले रामधुनी ५ मा विकास गर्नका निमित र जनताको भावना अनुसार काम गर्नका लागि जिम्मेवारी दिएपछि अहिले उनी चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *



Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist