ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

को हुन् ? पुन रामधुनी १ का वडा अध्यक्षका उम्मेदवार महेश कुमार चौधरी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ बैशाख १७ गते, १३:४२ बजे
को हुन् ? पुन रामधुनी १ का वडा अध्यक्षका उम्मेदवार महेश कुमार चौधरी
42
SHARES
Share on FacebookShare on Twitter

रामधुनी / वर्तमान परिवेशमा नगरभित्रका बालबालिका,युवा एवम् बयोबृद्व सबै माझ अत्याधिक लोकप्रिय रामधुनी नगरका उदयमान नेता महेश कुमार चौधरीको जन्म वि.स.२०४२ माघ १३ गते तत्कालिन भा.सि.गा.वि.स. वार्ड न.१,सैनिमैनिमा भएको हो।पिता मिश्रि लाल चौधरी र माता फूलो देवी थरुनीका तृतीय सन्तान महेश चौधरीले भ.सि.उच्च मा.बि.झुम्काबाट वि.स.२०५७ मा एस.एल.सी.उतिर्ण गरेका हुन भने वि.स.२०६२ मा आइ.टि.सङ्कायमा डिप्लोमा तह पूरा गरेका हुन।उच्च शिक्षा हासिल गर्दै गर्दा सोही समयमा उनले नेपाल नेट संचार संस्थामा लगभग ३ बर्ष आईटि अफिसरको रुपमा सेवा मात्र गरेनन प्रविधिको क्षेत्रमा खोज तथा अनुसन्धानमा१ पनि सक्रिय रहेर आफ्नो प्रतिभालाई निरन्तर निखार्ने प्रयास गरे ।
वि.स.२०६६ सालतिरको कुरा हो,नेपालमा संचार माध्यमका सेवाहरु बामे सर्दै गरेको अवस्था थियो।अझ संचार एवम् प्रविधी क्षेत्रमा अर्थात झुम्का रामधुनी क्षेत्रलाई विकासले लगभग छुन नसकेको अवस्था थियो।त्यस परिस्थितिमा सो क्षेत्रमा हात हाल्नु अत्यन्तै चुनौतीपूर्ण कार्य थियो।त्यस्का वाबजुद समाज रुपान्तरण गर्ने दृढ निश्चयका साथ विविध चुनौती एवं बाधाहरुलाई पन्छाउदै झुम्कामा मानव कन्फ्रेन्स एन्ड कम्प्युटर इन्स्टिच्युटको स्थापना भयो । त्यसका संस्थापक अरु कोहि नभई तिनै ब्यक्ती थिएःविकासका भोका,हक्की एवम् उर्जावान ब्यक्तित्व“महेश कुमार चौधरी“
महेश चौधरीको विजय यात्रा संगै रामधुनी नगरपालिकाको स्थानीय राजनीतिमा क्रान्तिकारी परिवर्तनको सुरुवात भइसकेको थियो।प्रजातन्त्र प्राप्ति देखि नै स्थानीय राजनीतिमा कम्युनिस्टहरुको एकछत्र दबदबा रहदै आएकोमा गणतन्त्र प्राप्ति पश्चातको पहिलो स्थानीय चुनावमा काङ्ग्रेस पार्टीको पुनरागमन भयो । रामधुनी नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका जय प्रकाश चौधरी विजय भइसकेका थिए । यश जितका पर्दा पछाडिका नायक महेश कुमार चौधरी थिए भन्दा अतियुक्ति नहोला । एउटा युवा पहिलोपटक वडा अध्यक्ष जस्तो महत्वपुर्ण जिम्मेवारी सम्हाल्न पुग्दा अनुभवको कमि उनको कार्य क्षमतामा बाधकको रुपमा देखिनु स्वभाविक नै मानिन्थ्यो तर महेश कुमार चौधरीको हकमा भने यो कुरा लागू भएन । अनुभवको कमीलाई उनले आफ्नो निष्ठा,लगन र नयाँ कुरा सिक्ने अध्यनशील बानिले छायामा पारिदिए । आफ्नो कार्याकालको अन्य सगै उनले पुन उम्बेदारी दिएका छन् । आफुले ५ बर्षमा वडाको विकासमा कैयौं उल्लेखनीय कार्यहरु गरिसकेका बताएका छन् । उनले नगरपालिकाको मुख्य हाटबजार इन्टरलक गरि व्यवस्थित गर्दै करिब ४० वटा सटरको निर्माण गरेर वडालाई भौतिक तथा आर्थिक रुपमा समुन्नत बनाउने जमर्को गरेर साथै बाटोघाटोको स्तरोन्नति र कालोपत्रे गर्ने काम,बधशालाको निर्माण,४ कोठे मिट मार्त सेन्टरको रुपमा स्थापना,बालबालिकाको लागि पार्कको निर्माण,वडालाई बालमैत्री वडाको रुपमा घोषणा जस्ता महत्वपुर्ण कार्यहरु पनि गरेका छन । उनले कोरोना महामारीको समयमा लक डाउन हुँदा वडाका विपन्न परिवारहरुलाई राहतको व्यवस्था गरि वडाको कुशल अभिभावकको रुपमा आफुलाई प्रमाणित गरे।वडाको जुनसुकै व्यक्तिलाई समस्या परेपनी उनका हातहरु सहयोगका लागि स्वस्फूर्त अगाडि बढछन।आफ्नो मिलनसार स्वभाव र सहयोगी भावनाले गर्दा उनी सबैको बिश्वास जित्न सफल भएका छन।
महेश चौधरी आफ्नो कार्यकालमा अहिलेसम्म भएका विकासका गतिविधिहरुलाई केवल सरुवात मात्र ठान्छन।उनी आफुसंग अब अनुभव पनि भएकोले अगामी दिनमा विकासका कार्यहरू नयाँ ढंगले र अझ द्रुतगतिमा अगाडि बढने बिश्वास व्यक्त गर्दछन।आफुसंग वडा नम्बर १ का लागि मात्र नभएर सम्पुर्ण नगरपालिकाकै विकासका लागि महत्वपूर्ण योजना र भिजन रहेको चौधरी बताउछन्।
महेश चौधरीको कार्ययोजना,कार्यशैली तथा कार्य गति सबैलाई आधार भन्दा उनी रामधुनी काङ्ग्रेसका मात्र नभएर रामधुनी नगरपालिककै भविस्य हुन भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ।नेपाली काङ्ग्रेसका कार्यकर्ताहरु मात्र नभएर सर्वसाधारणहरुबाट पनि महेश बाबूले पार्टी र नगर दुबैको नेतृत्व गर्नुपर्ने आवाज बुलन्द रुपमा उठन थालेको छ । उनको लोकप्रियता,कार्यकुशलता र भ्रष्टाचारमुक्त छबिले यो आवाजलाई अझ ससक्त बनएको छ।महेश चौधरीको नेतृत्वमा नगरभित्र पार्टी मजबुत हुने त निश्चित नै छ।समृद्ध रामधुनीको परिकल्पना साकार हुने सम्भावना पनि उत्ति नै छ । रामधुनी काङ्ग्रेसले आउँदो महाधिवेशनबाट नगरको बागडोर सम्हाल्ने जिम्मा वहाँलाई नै सुम्पनु उचित हुन्छ । अबका दिनमा पनि युवा नेतृत्वलाई अगाडि नसारे बिकासको काचुली कहिल्यै फेर्न सक्दैन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist