इटहरी । वराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेस र माओवादि केन्द्रको संयुक्त गठबन्धनबाट मेयरका उम्मेदवार रमेश कार्की र उपमेयरका उम्मेदवार अमीत गौतम यति बेला भोट माग्नमा ब्यस्त छन् ।
उनीहरु वडाका उमेदवास सहित जनताको गुनासो सुन्दै भोट माग्दै घर घरमा पुगि रहेका छन् । आइतवार वराहक्षेत्र २ खस्रे, जब्दि, पुतली टोल लगाएका टोलमा मेयरका प्रयासी कार्की , उपमेयरका प्रयासी गौतम , वडाध्यक्षका प्रयासी नारायण नेपाल , सदस्यका प्रत्यासीहरु पुष्पा थापा, दिलु गजमेर , डिल्लि कार्की र प्रताब मगर मत माग्न घर घरमा पुगेका थिए । वराहक्षेत्रवासीको मन जितेका गठबन्धनका उमेदवारहरु चुनावमा मत मागि रहेका छन् । जनता परिवर्तनको पक्षमा उभिए पछि मेयरका प्रत्यासी कार्की जनताका गुनासा सुन्दै, प्रतिवद्दता जनाउँदै मत माग्न जनताको घर घरमा पुगि रहेका छन् ।
मेयरको उमेदबार बनेका कार्की भष्ट्रचार मुक्त वराहक्षेत्र बनाउने भन्दै जनतासंग आशिर्वाद लिइ रहेका छन्। मत माग्ने शैलि पनि आक्रशीत बनाएर लागि परेका कार्कीलाइ जनताले देखाएको सद्बाबले चुबाब जित्ने कार्की विश्वस्त छन ।
वराहक्षेत्रलाई भष्ट्रचार मुक्त बनाएर बिकसित सब्य नगरको रुपमा बिकास गर्ने कार्कीले मतदातासंग प्रतिबद्धता गरि रहेका छन् । गठबन्धनका उमेदवारलाई जनताले भब्य स्वागत गर्दै अग्रिम शुभकामना र आशिर्वाद दिदै आएका छन् ।