’ थारू समुदायका ग्राम थानको विशेषता देश विदेशमा बुझउछु ’ : सुदीप अधिकारी

रामधुनी  ः आउँदै गरेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट रामधुनी नगरपालिकाका मेयरका उम्मेदवार सुदीप अधिकारीले थारू समुदायका ग्राम थानको महत्व र विशेषता देश विदेशमा  बुझाउने बताउनुभएको छ  ।

नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका अधिकारीले रामधुनीका थारू समुदायको पौराणिक ऐतिहासिक सम्पदा ग्राम थान अरुको संरक्षण र महत्व सबै समुदायमा बुझाउने कामको आफ्नो नेतृत्व गर्न तयार भएको बताउनुभएको हो । 

काँग्रेस नगर सभापति समेत रहेका अधिकारीले जन्मदेखि मृत्यु सम्मका संस्कारका लागि उनीहरूले मान्दै आएको धार्मिक स्थल ग्रामथान पछिल्लो समयमा विकास निर्माणको नाममा अतिक्रमण बढेकाले यसको महत्व बारे स्पष्ट पारी संरक्षणका लागी विजय भएको दिन बाट नै काम थाल्ने उहाले बताउनुभएको छ । 

लोप हुँदै गएका ग्रामथानको  संरक्षण गरी आम्दानी सँग जोड्न सकिने भएकाले स्थानीय सरकारले यसलाई प्राथामिकतामा साथ अधि बढाउनुपर्ने समेत बताउनुभयो । घरदैलो कार्यक्रममा व्यस्त रहेका उनले कला, भाषा र संस्कृतिको संरक्षणले मात्र गाउँको विकास सम्भव हुने धारणा राख्नुभयो ।
थारू समुदायको ग्राम थान र पवित्र धार्मिक तीर्थ स्थल रामधुनी मन्दिरको विकास तथा प्रचार प्रसार गरी  एक घर एक रोजगारको व्यवस्था मिलाउने आफ्नो योजना रहेको अधिकारीले बताउनुभयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *



Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist