चैनपुर । संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु भएको छ ।
खाँदबारी नगरपालिका र चिचिला गाउँ पालिकामा गणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खाँदबारी नगरपालिकाको प्रारम्भीक मतगणना अनुसार नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ ।
२०० मत गन्दा प्रमुखमा महेश थपलियाले सुरूआती अग्रता लिएका छन्। यस्तै नेकपा एमालेका जितबहादुर घिमिरेले ४९ मत पाएर पछ्याइरहेका छन् ।
उपप्रमुखमा एमालेका महेश्वरा श्रेष्ठ र माओवादीका दिब्यराज बराल प्रतिस्पर्धामा छन् । दुबैले समान ७७-७७ मत पाएका छन्।
खाँदबारीमा २२ हजार ९० मतदाता संख्यामध्ये ६४. ४६ मत खसेको थियो ।