धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।
साँगुरीगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका जीतेन्द्र राईले ५ हजार ३९९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कुमारजंग याख्खाले ४ हजार ८२८ मत पाए ।
साँगुरीगढीको उपाध्यक्षमा भने नेकपा एमालेकी मुना राई निर्वाचित भएकी छन् ।
राईले ४,६५० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का लीलाराज लावतीले ४,१३६ मत प्राप्त गरे ।







