ओखलढुंगा । नेकपा एमालेले ओखलढुंगाको मोलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ ।
एमालेका उम्मेदवार उत्तम राईले ४०५२ मतसहित अध्यक्ष जितेका हुन् ।
उनले नेपाली कांग्रेसका राजनकुमार दाहाललाई हराए। दाहालले ३४६२ मत ल्याएका थिए ।
यहाँ उपाध्यक्षमा पनि एमाले उम्मदेवार विजयी भए। उपाध्यक्षमा ४२०० मतसहित उर्मिला खतिवडा निर्वाचित भइन् ।
नेकपा माओवादी केन्द्रका कुलबहादुर खत्री उपमेयरमा पराजित भए। उनले २०९६ मत पाएका छन् ।
यहाँ कांग्रेस-माओवादीबीच चुनावी गठबन्धन भएको थियो ।







