मेलम्ची, २ असार । मेलम्ची खोलामा आएको बाढीमा परेर हराइरहेकामध्ये एक जनाको शव भेटिएको छ।
इन्द्रावती गाउँपालिका ११ बोटगाउँस्थि खोला किनारमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकास सापकोटाले जानकारी दिए।
माथिबाट आएको बाढीले बगाएर शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। शवको पहिचान भने हुन सकेको छैन्।
यस्तै बाढीमा परेर सात जना वेपत्ता भएका छन्। वेपत्तामध्ये तीन जनाको पहिचान खुलेको छ।
वेपत्ता हुनेमा हेलम्बु गाउँपालिकाका २ का ३१ वर्षीय माधव भण्डारी, वडा नम्बर २ चुरेटार बस्ने ४२ वर्षीय गणेश ज्योति र वन नखुलेकी टीकामाया खड्का रहेका छन्।
अन्य के कति वेपत्ता छन् एकिन विवरण नआएको प्रहरीले जानकारी दिएको छ।