इटहरी । आज विश्व वातावरण दिवसको अबसरमा लायन्स क्लब र लियो क्बल अफ इटहरी इनोभेसनले इटहरी ४ शान्ति सिर्जना टोल ट्याङग्रा खोला किनारमा वाढि मापन स्केल स्थापना तथा वृक्षरोपण गरेको छ ।
उक्त वातावरण दिवसको अवसरमा गरिएको वृक्षरोपणमा तिस बोटबिरुवाहरु रोपीएको थियो । कार्यक्रमका संयोजक लियो क्लब अफ इटहरी इनोभेसनका अध्यक्ष सुजन घिमिरेका अनुसार उक्त क्षेत्रमा वर्खाको समयमा बाढीले धेरै दुख्ख दिएको र उक्त क्षेत्रको खोला किनारमा कम वृक्ष भएको कारणले विश्व वातावरण दिवसको अवसर पारेर वृक्षरोपण गरिएको र सोही ठाउँमा वाढी मापन स्केल स्थापना गरिएको समेत जानकारी दिनु भएको छ ।
इटहरीको कुनै पनि ठाउँमा बाढी कति आउने भन्ने कुनै ठोस डाटा लिने फ्ल्डस्केल नभएकोले कुन सतहमा कति पानी आउदाँ स्थानीयहरु सर्तक भई सुरक्षीत स्थानमा जाने भन्ने जानकारीका लागि उक्त फ्ल्डस्केल स्थापना गरीएको समेत जानकारी दिदैँे इटहरीको ट्याङग्रा खोला धेरै बाढी प्रभावित क्षेत्र भएको कारणले उक्त फ्ल्डस्केल ट्याङग्रा खोलामानै राखेको समेत जानकारी गराउनु भयो ।
वडा नं. ४ कि महिला वडा सदस्य लक्ष्मी चापागाई को प्रमुख आतिथ्यमा गरिएको वृक्षरोपाण र वाढि मापन स्केल स्थापना कार्यक्रको विशेष अतिथि लायन्स क्लब अफ इन्टरनेश्नल रिजन चेयरपर्शन निरु चौधरि रहनु भएको थियो भने, अध्यक्षता मा लायन्स क्लब अफ इटहरी इनोभेसनका अध्यक्ष लायन दिपक पोखरेलले गर्नु भएको थियो । उक्त कार्यक्रमको संयोजक लियो क्लब अफ इटहरीका सुजन घिमिरे गर्नु भएको थियो ।









