ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बाढीको कारण सुनसरी मोरङ औद्योगिक कोरिडोरका २ सय उद्योगको उत्पादन बन्द

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ असार १५ गते, ६:३२ बजे
बाढीको कारण सुनसरी मोरङ औद्योगिक कोरिडोरका २ सय उद्योगको उत्पादन बन्द
22
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । मंगलवारको भारी वर्षाले सुनसरी मोरङ औद्योगिक कोरिडोरका २ सय उद्योगमा पानी पसेको छ । पानीले तत्कालै ठूलो क्षति नभए पनि उत्पादन भने बन्द गरिएको छ ।

उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराईका अनुसार बूढीगंगा र कटहरी गाउँपालिकाका करीब २ सय उद्योगमा वर्षाको पानी पसेकाले उत्पादन प्रभावित भएको हो ।

६ लेनको सडक निर्माण गर्दा पानीको निकास नराखेकाले बूढीगंगा र आसपासका उद्योगहरू वर्षेनि डुबानमा पर्ने गरेका छन् । त्यस्तै कटहरी गाउँपालिकामा निर्माणाधीन सडकको दुवैतर्फ रिटेनिङ वाल बनाइएकाले वर्षाको पानी नालामा जान नपाउँदा उद्योगभित्र पसेको हो । गत कात्तिकको बेमौसमी बाढीबाट करोडौं नोक्सानी बेहोरेका उद्योगहरूले पुनः बाढीको सामना गर्नुपरेको भट्टराईले बताए ।

उद्योगभित्र पसेको पानीले क्षति नपुर्‍याए पनि काम गर्न र विद्युत् सर्किटमा समस्या उत्पन्न हुने हुँदा मंगलवार दिनभर २ सयभन्दा बढी उद्योग सञ्चालनमा आएनन् ।

कात्तिकको बाढी ३ सय उद्योगमा छिर्दा २ अर्ब ४६ करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । सरकारका माथिल्लो निकायलाई बाढीको विपद्बारे जानकारी गराउँदा पनि नियन्त्रणका लागि ठोस कदम नचालेको भट्टराईले बताए ।

विराटनगरका विभिन्न बस्तीमा पानी पसेपछि ४० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist