काठमाडौं । नेपाल बार एसाेसिएसनले सवारीसाधनको नम्बर प्लेटमा अंग्रेजी भाषाकाे प्रयाेगमा राेक लगाउन माग गरेकाे छ।
बारले नम्बर प्लेटमा अंग्रेजी भाषाकाे प्रयाेग गर्नु गैरसंवैधानिक भएकाे बताउँदै यसमा राेक लगाएर नेपाली भाषाकाे प्रयाेग गर्न माग गरेकाे हाे ।
हाल नम्बर प्लेटमा अंग्रेजी भाषामा नम्बर गरिँदै आएकाे कुरालाई जाेड्दै बारले नेपालको संविधानमै नेपालमा बोलिने सबै भाषाहरू राष्ट्रभाषा भएको र सरकारी कामकाजको भाषा देवनागरी लिपि(नेपाली भाषा) हुनेछ भन्ने व्यवस्था गरिएकाले उक्त व्यवस्थाको उल्लंघन गर्दै सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयाोग गरिएकोमा बारले आपत्ति जनाएको छ।
बारले जारी गरेकाे विज्ञप्तिमा लेखिएकाे छ, ‘नेपाली नागरिकले प्रयोग गर्दै आएको भाषा संरक्षण, सम्बर्द्धन गर्ने/गराउने कार्यका लागि सवारीसाधन तथा यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि)मा हुनुपर्ने अनिवार्य व्यवस्था गर्न नेपाल सरकार लगायतसम्बन्धित निकायसँग जोडदार माग गर्दछ।’
विज्ञप्ति: