ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

साउनमै घट्यो वैदेशिक व्यापार

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ भदौ ८ गते, ६:४१ बजे
Tunnel farming transformed the agriculture in Vijaychhaap
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले स्वदेशी वस्तु निर्यातलाई जोड दिँदै वैदेशिक व्यापार बढाएर मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य लिए पनि चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमै व्यापार घटेको छ ।

चालू आव सुरुवाती महिना गत साउनमा निर्यात मात्र नभएर आयात समेत घटेको छ । विगतका तीन वर्ष कोरोना विश्व महामारी बहाना बनाएर पन्छिँदै आएको सरकार वैदेशिक व्यापारमा नकारात्मक सूचकसहित चुकेको छ ।

भन्सार विभागले चालू आवको सुरुवाती महिना साउनमा गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक व्यापार घटेको देखाएको छ । विभागका अनुसार गत साउनमा कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजारबराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको साउनको तुलनामा १४ दशमलव ८१ प्रतिशतले कम हो ।

गत आर्थिक वर्ष २०७८/७९ मा कुल १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख ३६ हजारबराबरको वैदेशिक व्यापार भएको थियो । निर्यातसँगै आयात पनि घटेकाले यो महिनामा व्यापार घाटा भने १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजारबराबरको भएको छ । यो गत साउनको तुलनामा १० दशमलव ३८ प्रतिशत कम हो ।

गत आव साउनमा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको थियो । हाल, १ सयबराबर वैदेशिक व्यापार भएमा ८९ दशमलव ८६ प्रतिशत आयात र १० दशमलव १४ प्रतिशत निर्यातको हिस्सा रहेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार चालू आवको साउनमा मात्र कुल १४ अर्ब ८० करोड ९७ लाखबराबरको वस्तु निर्यात भएको छ । यो गत आवको सोही महिनाको तुलनामा २८ दशमलब ६८ प्रतिशतले न्यून हो ।

गत आवको साउनमा २० अर्ब ७६ करोड ५१ लाखबराबरको वस्तु निर्यात भएको थियो । यस अवधिमा नेपालबाट सबैभन्दा धेरै वनस्पति तेल निर्यात भएको छ । यस्तो निर्यात ५ अर्ब ४२ करोडबराबर भएको विभागले जनाएको छ ।

समीक्षा अवधिमा निर्यात व्यापारसँगै आयातसमेत घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनमा कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाखबराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही महिनाको तुलनामा १२ दशमलव ९० प्रतिशतले न्यून हो ।

गत आव साउनमा १ खर्ब ५० अर्ब ७३ करोडबराबरको वस्तु तथा सामान आयात भएको थियो । राजधानी दैनिकबाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist