ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

विमला वलीले लगाईन आरोप ः जबरजस्ती मुख्यमन्त्रीनिवास पुर्‍याएर एमाले बन्न दबाब दिए

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ साउन २१ गते, १६:३१ बजे
विमला वलीले लगाईन आरोप ः जबरजस्ती मुख्यमन्त्रीनिवास पुर्‍याएर एमाले बन्न दबाब दिए
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं  २१ साउन ।  लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली गत शुक्रवार देखि सम्पर्क विहिन भएकी थिईन विहिवार वुटवलमा पत्रकार सम्मेलन गरेर आफु माओवादीमै रहेको बताएकी छन् । विहिवार माओवादी संसदीय दलको कार्यालयमा सार्वजनिक हुँदै उनले आफुलाई एमालेमा प्रवेश गर्न दवाव दिइएको आरोप लगाएकी छन् । दुई दिनअघि आफू एमालेमै रहेको भनेर विज्ञप्ति जारी गरेकी उनले आज आफूलाई मुख्यमन्त्री कार्यालयमा ब न्ध क बनाइएको आरोप लगाएकी छन् ।

उनले जारी गरेको विज्ञप्ती अनुसार उनलाई गत १५ साउनमा दाङबाट क ब्जा मा लिएर मुख्यमन्त्रीकार्यालयमा पुर्‍याइएको थियो । त्यहाँबाट हिजो आफू ट्वाइलेटको चप्पल लगाएर भागेको उनले बताइन् । अहिले आफू माओवादीमै रहेको उनको भनाइ छ ।

म लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्रीको सवालमा गएको साउन १५ गते देखि आज सम्म आम संचार माध्यम र सामाजिक संजालहरुमा मेरो राजनीतिक जिवनलाई असर गर्ने भ्रमहरु र केहि सत्य कुराहरु आएका छन् । म यसै पत्रकार सम्मेलन मार्फत घटना विवरण सहित स्पष्ट पार्न चाहन्छु ।

१ म बिमला कुमारी खत्री २०७६ मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं ३ ख बाट नेपाल कम्युनिष्ट पार्टी नेकपा को तर्फबाट उम्मेदवार भई निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य हुँ । नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा जुन म निवार्चित भएको दलको सवालमा २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला अनुसार म निर्वाचित भएको दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० खारेज भै पुनः पूर्ववत अवस्थामा नेकपा  माओवादी केन्द्र र नेकपा ९एमाले० कायम भएको अवस्थामा म निर्वाचित भएको दल नरहेपछि स्वतन्त्र हैसियतमा मैले नेकपा माओवादी केन्द्र रोजी सोही दलको लुम्बिनी प्रदेश सभा दल सदस्यता २०७८ वैशाख १७ गते प्राप्त गरी वैशाख १९ गते पत्रकार सम्मेलन गरी घोषणा गरेको विषय स्मरण गराउन चाहन्छु

२ म नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दल सदस्य भैसके पछि नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका नेताहरुबाट एमाले पार्टीमा आउनु पन्यो भनेर बारम्बार दबाव आउन थाल्यो । यो दवाव निरन्तर जारी रहयो, मैले त्यसलाई निरन्तर ईन्कार गरिरहें यहि क्रममा २०७८ साउन १५ गते दिनको ११ बजे म उपचारको लागि नेपालगंज हिड्न लागेको समयमा नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमीश्वर ढकाल र स्थानिय नेता मानबहादुर रावत मेरो घर तुल्सीपुरमा आउनु भयो, फेरी उहि दबाब दिन थाल्नु भयो ।

मैले फेरी पनि ईन्कार गरेँ। म बिरामी छु उपचारको लागि नेपालगन्ज जादैछु जानदिनुस् भन्दा प्रमुख सचेतक भुमेश्वर ढकालले हामी पनि नेपालगन्ज जाने हो, संगै जाऔँ हामी नै पुराई दिन्छौं भन्नु भयो उहाँ जस्तो जिम्मेवार नेताले भनेपछि मैले विश्वास गरी गाडिमा बसे गाडि तुल्सीपुरबाट अमिलिया आएर उहाँहरु खाना खानु भयो । गाडिमा बसियो तर गाडि नेपालगन्ज तिर जानु पर्नेमा एक्कासी बुटवलतिर मोडियो तत्कालै मैले प्रतिवाद गर्दै भनें यता कहाँ जाने हो रु गाडी बुटवलतिर हुँइकिरहयो, मैले यसो किन गर्नु भयो भनेर लगातार प्रतिवाद गरिहँदा उहाँहरुले भन्नु भयो एक पटक मुख्यमन्त्री ज्युलाई भेट्नु पन्यो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पुर्याइयो ।

३ मुख्मन्त्री शंकर पोखरेलसंग भेट भई छलफल शुरु भयो फेरी उही दवाय शुरु भयो नेकपा ९एमाले० मा आउनु पन्यो, पहिले हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस् मन्त्री बन्नुस् १ भनेर विभिन्न प्रलोभन देखाइयो। मैले निरन्तर ईन्कार गरिरहें साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाव दिइरहियो, मैले इन्कारी जारी राखिरहें साउन १८ गते विज्ञप्ती लेखेर मलाई पढनै नदिई ज ब र ज स्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को दुइ तीनवटा माइनट जस्ता रजिष्टरमा पनि ज ब र ज स्ती हस्ताक्षर गराइयो यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो खण्डन गर्छु भनेर सोचेको थिए, तर अझ कडाइका साथ साउन १९ गते देखि मुख्यमन्त्री निवास भित्रै राखियो

२० गते बिहान मलाई असहय मानसिक पी डा भयो, यहाँबाट जसरी पनि निस्कनु पर्छ भनेर सोच बनाएर समय र परिस्थिति हेरी म आज जसरी पनि निस्कनु पर्छ भनेर तयारी गरे ४ दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगे, जहाँ मेरो आफनै बुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरे त्यसबेला म मानसिक रुपमा निकै थकित भएकोले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिन आज तपाई संचारकर्मीहरु मार्फत जनता सामु उपस्थित भएको छ ।

५ राजनीति र सरकारको खेलमा यस्तो घटना मैले पहिलो पटक बेहोर्न पर्यो । नेकपा एमाले ले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिएन मेरो विचार राजनीति उहाँहरुको भन्दा फरक भए पनि मैले उहाँहरुलाई अविभावककै रुपमा मान्ने र बुझ्ने गर्दथे । तर त्यस्तो व्यावहार पाइएन ।

६ आदरणीय संचारकर्मी मित्रहरु र आम जनसमुदायहरु, यस घटनाबाट मलाई गम्भीर शिक्षा प्राप्त भएको छ र मलाई यस घटनाले अझै परिपक्व बनाएको छ । म मेरो दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रति पूर्णप्रतिबद्ध छु र थप बलियो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । मेरो नामबाट नेपाल कम्युनिष्ट पार्टी एमाले लुम्बिनी प्रदेश दलले फैलाएको भ्रमहरु र ज ब र ज स्ती गरिएको कागज र हस्ताक्षर झु ठो हुन भनेर जानकारी गराउँदछु । अन्त्यमा मलाई निर्वाचित गर्ने जनता, उद्धार गर्ने नेता कार्यकर्ता र सहयोगी सबैमा हार्दिक आभार प्रकट गर्दछु ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist