काठमाडौं । कर्तव्य ज्यान मुद्दामा ललितपुरको नख्खु कारागारमा कैद भुक्तान कैद भुक्तान गरिरहेका एक कैदी त्रिवि शिक्षण अस्पतालबाट फरार भएका छन् ।
शिक्षण अस्पतालमा आँखा जाँचका लागि लगिएका कैदी भोला बुढाथोकी बुधबार दिउँसो करिव सवा ४ बजेतिर फरार भएका हुन् । रामेछाप घर भएका निज बुढाथाेकी हतकडी सहित फरार भएका हुन् ।
आँखाकाे समस्याका कारण फलोअपका लागि अस्पताल लग्दा निज भागेका हुन् ।