ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

वन पैदावार निकासीका क्रममा दोहोरो राजस्व तिर्नुपरेको गुनासो 

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ भदौ १० गते, १४:३८ बजे
वन पैदावार निकासीका क्रममा दोहोरो राजस्व तिर्नुपरेको गुनासो 
20
SHARES
Share on FacebookShare on Twitter

खोटाङ ।  काठ व्यवसायीले खोटाङबाट वन पैदावार वस्तु निकासीका क्रममा दोहोरो राजस्व तिर्नुपरेको गुनासो गरेका छन् । खयरको काठ निकासीका क्रममा करदाता सेवा कार्यालय, डिभिजन वन कार्यालय र सम्बन्धित् पालिकालाई छुट्टा–छुट्टै राजस्व तिर्नुपरेको गुनासो गरेका हुन् ।

हलेसी तुवाचुङ नगरपालिकाह–१ बाहुनीडाँडाबाट खयरको काठ निकासीका क्रममा दोहोरो कर तिर्नु परेको सुमात्रीका सप्लायर्सका सुवास राईले बताए । सुमात्रीका सप्लायर्सलाई डिभिजन वन कार्यालयले निजी नम्बरी आवादीको काठ १० दिनभित्र घुर्मी कटारी हुँदै हिमालयन कत्था उद्योग, मिरचैया, सिराहामा स्थानान्तरणका लागि गत २६ साउनमा इजाजत दिएको थियो ।

कृष्णकुमारी कार्कीको अख्तियारीले सुमात्रीका सप्लायर्सले ६६ बोट खयरको ११८०.७९ क्यूफिट (स्यापउड सहित) काठ निकासी गर्न इजाजत पाएको थियो । मुल्यअभिवृद्धि करबापत करदाता सेवा कार्यालयको खातामा २५ साउनमा रावाबैंकमा १ लाख ५३ हजार ५३० र प्रदेश सेवा शुल्कवापत सोही दिन आर्थिक प्रशासन शाखा, डिभिजन वन कार्यालयको नाममा रावाबैंक दिक्तेलमा ५ हजार ९१० रुपैयाँ दाखिला गरिएकोमा पुःन २८ साउनमा वडा कार्यालय बाहुनीडाँडालाई ८४३ क्यूफिटको प्रतिक्यूफिट २० रुपैयाँका दरले १६ हजार ८६० रुपैयाँ राजस्व तिर्नुपरेको राईले गुनासो गरे ।

‘राजस्व तिर्नुपर्‍यो भन्ने गुनासो होइन, तर दोहोरो तिर्नुपर्‍यो भन्ने हाम्रो गुनासो हो,’ राईले भने, ‘डिभिजन वन वा स्थानीय तहमध्ये एक ठाउँमा राजस्व बुझाएपछि वनपैदावार वस्तु निकासी गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

डिभिजन वन कार्यालयको १३ जेठको कटान आदेश अनुसार सव–डिभिजन वन कार्यालय महादेवस्थान, हलेसीका सहायक वन अधिकृत राजदेव ठाकुरले काठ चेकजाँच गरी टाँचाले विमार्का निस्सा गरेका थिए । हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतले राजस्व परामर्श समितिको प्रस्तावअनुसार कार्यपालिकाको निर्णय अनुसार नगरपालिकाको भूगोलभित्रको वनपैदावार निकासी कर लिइएको बताए ।

‘दोहोरो राजस्व तिर्नुपरेको होला तर आफ्नो भूगोलभित्रको सम्पदा निकासी गर्नेक्रममा स्थानीय सरकारले कर लिन सक्ने व्यवस्था छ,’ उपमेयर राउतले भने, ‘नगरबाहिरको सम्पदा निकासी भइरहेको छ भने त्यसबाट राजस्व उठाउँदैनौं । तर हाम्रो भूगोलभित्रबाट निकासी हुने वनपैदावारको अनिवार्य राजस्व उठाउने व्यवस्था गरेका छौँ ।’

उपमेयर राउतका अनुसार ठेकेदारले गाउँकै केही स्थानीयलाई प्रयोग गरेर खयर निकासी गर्ने गरेका छन् । कतिपय मापदण्ड नपुगेका खयर र उत्तिसको रुख कटान गरेको जनगुनासो आइरहेको राउतले बताए ।

Avatar

Avatar

Avatar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist