काठमाडौं २१ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज आफूपक्षीय केन्द्रीय सदस्यको बैठक बस्ने भएका छन् । नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताका लागि अन्तिम प्रयासका लागि प्रस्ताव तयार गर्न बोलाएकोले बैठक महत्वपूर्ण हुने ठानिएको छ ।
नेपाल पक्षले बैठकमार्फत् पार्टि विभाजनको तयारीका लागि रणनीति बनाउने बुझिएको छ । यसअघि नेपाल पक्षले आफू पक्षीय केन्द्रीय सदस्यहरुको हस्ताक्षर समेत संकलन गरिसकेको थियो ।
एमालेको नवौं महाधिवेशनबाट गठन भएको २०३ केन्द्रीय सदस्य रहेका छन् । जसमध्ये नेपाल पक्षमा ८० भन्दा बढी रहेको बुझिएको छ । ४० प्रतिशत केन्द्रीय सदस्य पुर्याएर नेपालले ओलीमाथि दबाब बढाउँने कुरा लगभग निश्चित भएको छ ।
नेपालले ओली समक्ष अन्तिम एकपटक प्रस्ताव गर्ने र त्यसमा सहमति हुन नसके नेपाल छुट्टै पार्टी गठन गर्ने तयारीमा पुगेका छन् । उनले आफू पक्षीय स्थायी कमिटी सदस्यहरुलाई बोलाएर यो कदम चालेका हुन नेपाले भनेका छन् अब ओलीलाई अन्तीम पटक बोलाएर प्रस्ताव अधि सार्ने र कुरा नमिले भावी कदममा आफू साथ नहुने कुराको जानकारी गराएका थिए ।
ओलीले नेपाललाई एमालेमा कुनै पनि स्थान नभएको बताएबाट एकताको सम्भावना कमजोर छ । त्यसैले नेपाल एमाले विभाजनसम्मको तयारीमा पुगेका छन् ।