Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गाे सेवा सुरू, भैरहवाबाट विदेश निर्यात गर्न सहज

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ भदौ १२ गते, ७:०१ बजे
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गाे सेवा सुरू, भैरहवाबाट विदेश निर्यात गर्न सहज
18
SHARES
Share on FacebookShare on Twitter

भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गाे सेवा सुरू भएकाे छ । शुक्रबार पहिलोपटक काठमाडौंको हिमालेक्स ट्रेडर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत याे विमानस्थल प्रयोग गरेर विदेश निकासी सुरु गरेकाे हाे ।

व्यवसायिक उडान सुरु भएको तीन महिनापछि हिमालेक्सले हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाउन लागेको कम्पनीका सञ्चालक प्रदीप सापकोटाले जानकारी दिए । पहिलो चरणमा दुई टन सामान निकासी हुन लागेको विमानस्थलले जनाएको छ । सामानको चेकजाँचपश्चात राजस्व दाखिला गर्नुपर्ने हुन्छ ।

सबै प्रक्रिया भई शनिबार जजिरा एयरमार्फत् कुवेत हुँदै फ्रान्सको लियोन विमानस्थल सामान पुग्ने  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख टीकाराम गैरेले बताए ।

हालसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थबाट मात्रै अन्तर्राष्ट्रियस्तरमा कार्गाे जाने गरेकाे थियाे । दाेस्राे विमानस्थल सञ्चालनमा आएपछि विमानस्थलको प्रवर्द्धन गर्न, यहाँबाट निकासी पैठारी गर्न सहज र सस्तो छ भन्ने सन्देश दिन पनि काठमाडौंबाट सामान ल्याएर विदेश निकासी सुरु गरेकाे हाे ।

गौतमबुद्धबाट अहिले कुवेतको जजिरा एयरले सातामा तीन दिन उडान गर्दै आएको छ । यहाँबाट कार्गो सञ्चालनका लागि उसले निजी क्षेत्रसँग छलफल गरिरहेको छ । विमानस्थलमा छुट सुविधा पाएका कारण पनि काठमाडौंभन्दा भैरहवाबाट भाडादर सस्तो तोकिएको जजिराका बिक्री तथा बजार प्रबन्धक राजेन्द्र बानियाँले बताए ।

राइजिङ स्टार कार्गो प्रालिका व्यवस्थापक जीवन पन्तले गौतमबुद्ध विमानस्थलको प्रवर्द्धन अहिलेको आवश्यकता भएको बताए । यसै कारण पनि ‘रिक्स’ मोलेर काठमाडौंबाट ट्रकमा सामान लोड गरेर भैरहवा ल्याएर निकासी गर्न लागेको जनाए ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले पनि यस क्षेत्रका व्यवसायीलाई आर्यातनिर्यात गर्दा गौतमबुद्धलाई प्रयोग गर्न आग्रह गरे । उनले निकासीमा ध्यान दिए अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले राम्रो पकड जमाउन सक्ने जनाए ।

गौतमबुद्धमा नयाँ कार्गो भवन निर्माण अन्तिम चरणमा छ । तत्कालका लागि अस्थायी रुपमा दैनिक चार–पाँच सय टन सामाग्री आयात–निर्यात गर्न सकिने संरचना बनाइएको छ । विमानस्थलका अधिकारीहरूले केही कानूनी जटिलता हटाउने हो भने विदेश सामान निकासीका लागि नजिकका भारतीय बजारका उत्पादन पनि गौतमबुद्ध हुँदै वाह्य मुलुक पठाउन सकिने बताए ।

Avatar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist