काठमाडाैँ । आसन्न सङ्घीय निर्वाचनमा जसपा पर्साले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।
पर्सा पार्टी सचिव आलमले जसपाका अध्यक्ष यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेकाे जानकारी दिएका छन्।
उनका अनुसार केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ।
यस्तै, पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री डा.लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ।