इटहरी । इटहरी उपमहानगरपालिकाले आफ्नो मुख्य चौक छेउमा सार्वजनिक शौचालय निर्माणकार्य सुरु गरेको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आइतबार इटहरी चौकको रेयुकाई चौतारीमा सार्वजनिक शौचालयको शिलान्यास गरेका हुन् ।
बालमैत्री र अपाङ्गमैत्री शौचालय निर्माण गर्न लागिएको मेयर पौडेलले जानकारी दिए ।
इटहरी बजार आउने आगन्तुक, यात्रु, तथा सेवाग्राहीलाई समस्या भएको भन्दै शौचालय निर्माण गर्न लागिएको पौडेलको भनाई छ ।
यसअघि शौचालय नहुँदा आगन्तुक तथा यात्रुहरूलाई शौच गर्न समस्या हुँदै आएको थियो । कतिपय राजनीतिक दलहरूले चुनावको समयमा राजनीतिक मुद्दा समेत बनाउँदै आएका थिए ।
तर, अबको डेढ महिनाभित्रै ३५ लाखको लागतमा उक्त शौचालयको काम सम्पन्न हुने बताइएको छ ।