दमक । झापामा आठौं इण्डो–नेपाल कराँते च्याम्पियनशीप प्रतियोगिता आइतबारबाट सुरू भएको छ । जिल्लाको मेचीनगर नगरपालिकामा नेपाल र भारतको खेलाडी सम्मिलित प्रतियोगिता सुरु भएको हो । मेचीनगर–६ स्थित काँकरभिट्टा सामुदायिक भवनमा आजबाट सुरू भएको प्रतियोगितामा प्रदेश १ का झापा, मोरङ, सुनसरी, इलाम, धनकुटालगायत सबै जिल्ला तथा छिमेकी मुलुक भारतको दिल्ली, कोलकाता, सिक्किम, आसाम, दार्जिलिङ, सिलुगढी, बागडुग्रालगायत क्षेत्रका खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिष्पर्धा गरिरहेको प्रशिक्षक प्रेम चौधरीले जानकारी दिए ।
२० केजी तौलदेखि ६७ केजी तौल समुहका ५ सय महिला तथा पुरूष खेलाडी सहभागी प्रतियोगिता सोमबार सम्म सञ्चालन हुने आयोजक सितोरियो कराते स्कूल डोजो झापाका सचिव शम्भु श्रेष्ठले जानकारी दिए ।
देशलाई अन्तराष्ट्रीय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद मात्रै भएकाले स्थानीय स्तरबाटै बिगतदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको आयोजक समितिले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।