काठमाडौं २२ साउन । भुटानले अनुदानमा दिएको तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुगेको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार आज विहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानको राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट खोप आइपुगेकोे थियो ।
खोप अहिले टेकुमा भण्डारण गरिएको र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने विभागका महानिर्देशक प्राध्यापक आरपी विच्छाले जनाकारी दिए ।
७ लाख ८० हजार जनसंख्या रहेको भुटानले ९ लाख भन्दा बढी डोज खोप प्राप्त गरेको थियो । उसले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा पाएका थियो।
भुटानले अनुदानमा उपलब्ध गराउने एस्ट्राजेनेका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई लगाइने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।