इटहरी । बोक्सी झारिदिने बहानामा एक महिलाबाट पैसा र सुन असुल गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयलाई बोक्सीको आरोप लगाउने ती महिलालाई प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिकाबाट पक्राउ गरेको हाे ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आफूलाई माता बताउने एक महिलाले अरुलाई बोक्सीको आरोप लगाउने, विभिन्न बहानामा डर त्रास देखाउने र सुन तथा पैसा लिने महिलालाई पक्राउ गरिएको हो।
प्रहरीले इटहरी ४ नम्बर वडाकी लक्ष्मी राणा मगरलाई स्थानीयलाई विभिन्न आरोप लगाएर बोक्सी बताउने र बोक्सी झार्ने(राेग निकाे पार्ने) बहानामा रकम असुल गर्ने आरोपमा पक्राउ गरेको जानकारी दिएको छ ।
मगरलाई उनकै घर परिषरमा रहेको एक मन्दिरबाट नियन्त्रणमा लिएको छ । मगरले गाँउघरका मानिसलाई बोक्सीको आरोप लगाउने, बोक्सी नझारे परिवारको सदस्यको मृत्यु हुने जस्ता कुराले डर त्रास देखाउने र रकम असुल गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार प्रहरीले पक्राउमा परेको मगरलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।