काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकलाई कारबाही गरेको छ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा पादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३८, लेन अनुशासन पालना नगर्ने ३३१, रेड लाइटमा सवारी साधन चलाउने ७६, निषेधित क्षेत्रमा हर्न बजाउने २१६ र नम्वर प्लेट राम्रोसँग नराख्ने ४२ जना सवारी चालक रहेका छन्।
यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २०८ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ।