काठमाडौं । नेपाल साफ यू-१७ पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
श्रीलंकाको राजधानी कोलोम्बोको रेस कोर्स ग्राउण्डमा भएको खेलमा बुधबार राति भुटानविरुद्ध २-१ गोल अन्तरको जितसहित नेपालले राम्र सुरुवा गरेको हो ।
समूह ‘बी’ अन्तर्गतको खेलमा भुटानलाई हराएपछि नेपाल सेमिफाइनल पुगेको छ । नेपालसँगै छिमेकी भारतले पनि अन्तिम चारको यात्रा तय गरेको छ ।
यसअघि भारतसँग पनि ३-० ले हारेको भुटान घर फर्किएको छ । यो समूहमा नेपाल र भारतको समान ३/३ अंक भएको छ । तर गोलअन्तरका आधारमा भारत शीर्ष स्थानमा छ ।
यो समूहबाट भुटान घर फर्किँदा भारत र नेपाल समूह विजेताका लागि शुक्रबार भारतसँग खेल्नेछ।