ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

एपको प्रयोग गरि नेपालमा चिनियाँहरुको आर्थिक ठगी धन्दा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ भदौ २९ गते, २१:०१ बजे
एपको प्रयोग गरि नेपालमा चिनियाँहरुको आर्थिक ठगी धन्दा
25
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ।  चिनियाँ नागरिकहरु पछिल्ला दिनहरुमा विभिन्न ‘आर्थिक ऋण एप’ बनाएर नेपाली नागरिकहरुलाई उच्च ब्याजदरमा ऋण उपलब्ध गराउनुका अतिरिक्त व्यक्तिगत तथ्यहरुको हनन साथै धोका दिएर ठग्ने कार्यहरु गरिरहेको पाइएको छ । लिइएको ऋण सम्झौता अनुरुप उच्च ब्याजदरमा चुक्ता नगरे चिनियाँहरुले नेपाली नागरिकलाई अनेक बहानामा ठगी गर्ने कार्य गरिरहेको खुलेको हो ।

प्रहरी अनुसन्धान अनुसार चिनिया नागरिकहरुले जाली-नक्कली कल सेन्टर र कार्यालयहरु नेपालका विभिन्न स्थानमा सञ्चालन गरिरहेका छन् । काठमाडौं, पोखरा, चितवन, भैरहवा, नेपालगञ्ज र सिरहालगायतका स्थानहरुमा नेपालका युवाहरुलाई सहभागी बनाई यस्ता ठगी धन्दा सञ्चालन गरिदैछ ।

द सियासट डटकममा उल्लेख भएअनुसार नेपालीहरुलाई आकर्षीत गर्न विभिन्न प्रकारका नक्कली एपहरु जस्तै उधार कोन, गो क्यास, गो लोन, रुपे प्लस, पकेट क्यास, रुपी फैक्ट्रो, क्यास वाई, पैसा लोन, वक्त लोन, इजी क्रेडिट, फ्रि कैश, हेन्डी लोन, रुपी स्टार अनि हाई क्यास आदि सञ्चालनमा ल्याइएको पाइएको छ ।

यी एपको आधारमा चिनियाँ ठगहरुद्वारा नेरु ३००० देखि ३३००० सम्म ३० प्रतिशत देखि ५० प्रतिशत लोन रकम ६ देखि १५ दिन भित्रमा दिइने गरेको पाइएको छ । दिनहुँ करिव ६ देखि ७ करोड सम्म अनुमानित ५० हजार ग्राहकलाई लोन उपलब्ध गराईदैछ । यसबाट भारतिय नागरिकहरु पनि ठगीको सिकार भएका छन् ।

ऋण उपलब्ध गराउन यिनीहरुले व्यक्तिको व्यक्तिगत तथ्य जसमा नागरिकता, आधार कार्ड, बैंक खाता, ड्राईभिङ लाइसेन्स, फोन नम्बर आदि लिने गर्दछन् । यदि नेपाली ग्राहकहरुले तोकिएको समयमा ऋणको उच्च ब्याजसहित बुझाउन नसके चिनियाँ ठगहरुले निम्न प्रकारको कारवाही गरेको पाइन्छ ।

१. ग्राहकको व्यक्तिगत तथ्य सामाजिक सञ्जालमा प्रकाशन गरिदिने
२. परिवारका सदस्यहरुलाई डर देखाउने, धम्क्याउने, गाली गलौज गर्ने
३. फोन ह्याक गर्ने
४. फोटो भिडियो र अडियो आदि सामाजिक सञ्जालमा पोष्ट गर्ने आदि ।

चिनियाँ ठगहरुका कारण नेपाली ग्राहकहरुले नेपाल प्रहरीको साइबर अपराध ब्यूरोमा उजुरी समेत दिएको पाइएको छ । चिनिया ठगहरुले ‘अलि पे’ र ‘वि च्याट’ मार्फत चिनमा लगिरहेका छन् । यस क्रियाकलापद्वारा नेपालले आर्थिक क्षतिका अतिरिक्त सुरक्षा जोखिम पनि भोगिरहेका छन् ।

यद्यपी नेपाल सरकारका नियामक निकायको भने यस तर्फ ध्यान पुग्न सकेको छैन । एक रिपोर्ट अनुसार करिव ५०० चिनिया नागरिकहरुले कास्कीको पोखरामा मात्र यस्तो धन्दा चलाईरहेका छन् । तिनिहरुले करिव २५ स्थानबाट अबैध कार्यहरु सञ्चालन गरिहेको पाइएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist