काठमाडौं, २२ साउन । नेपालमा कोरोना महामारीबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप २५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अबधिमा थप ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको छ । ६ हजार १८२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २९९ जना र ९ हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ४३० जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको हो।
अहिले देशभर ३४ हजार ९४२ सक्रिय संक्रमित रहेका छन् ।