एजेन्सी । अफगानिस्तानमा महिलाहरूको विद्यालय पुनः खोल्ने सम्बन्धमा टोलोन्यूजले गरेको अनलाइन सर्वेक्षणमा करिब ९० प्रतिशत मतदाताले विद्यालय खोल्ने पक्षमा मत दिएका छन् ।
कक्षा ६ भन्दा माथिका बालिकाहरूका लागि विद्यालयहरू पुनः खोल्ने पक्षमा अफगानिस्तान समर्थन गरेका छन् भने दश प्रतिशतले यो निर्णयको विरोध गरेका छन् । पछिल्लो चौबिस घण्टाको मतदानलाई टोलो न्यूजको फेसबुक र इन्स्टाग्राम पृष्ठहरूमा साभर गरिएको थियो।
फेसबुकमा ३४ हजार १ सयभन्दा बढीले मतदान गरेका छन् जसमा ८९.७ प्रतिशतले बालिका विद्यालय खोल्ने पक्षमा छन् भने १०.३ प्रतिशतले विपक्षमा मत दिएका छन् ।
यसअघि शिक्षा मन्त्रीले साँस्कृतिक कारणले बालिका विद्यालय बन्द रहेको र छोरीलाई विद्यालय पठाउन परिवार आफैं राजी नभएको बताएका थए । उनको भनाइलाई यस सर्वेक्षणले कडा प्रतिक्रिया दिएको छ ।