काठमाडौँ २३ साउन । शिक्षा तथा स्वास्थ्य समितिले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्यालाई समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल उपकरणको खरिद तथा ठेक्कामा अनियमितता भए सँगै प्राज्ञिक क्षेत्रमा समेत बेतिथि रहेको खबर बाहिरिएपछि शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई यस्तो निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई बोलाएर प्रतिष्ठानको विषयमा जानकारी मागेको थियो । प्रतिष्ठानको अवस्था छानबिन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमाथि पनि समितिमा छलफल भएको छ ।
श्रेष्ठले भनेका छन् प्रतिष्ठानमा भएको आर्थिक अनियमिततामा संलग्नमाथि हामी कारबाही गर्ने छौं । ‘सिनेटको बैठक नबसी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने अवस्था हुँदैन,’ ‘बैठक डाकेर प्रतिवेदनको आधारमा कारबाही थाल्छौं ’ उन्नले भने ।
‘छिट्टै सिनेट बैठकले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ,’ । तिष्ठानमा प्रधानमन्त्री कुलपति र सहकुलपतिमा स्वास्थ्यमन्त्री रहने व्यवस्था छ । सिनेट बैठकले बसेपछि उस्ले दिएको प्रतिवेदनको आधारमा उपकुलपतिलगायत पदाधिकारीलाई पदबाट बर्खास्त गर्न सक्छ ।
जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरूमाथि कडा कारबाही हुनु पर्नेमा जोड दिदै राज्यमन्त्री श्रेषले भने सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाइ बनाउन लागेका छ । बीपी प्रतिष्ठानमा बढीरहेको आन्दोलनरत पक्षसँग ५१ दिनपछि सरकारले वार्ता गरेको थियो । कार्यदलको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न मन्त्रालयमा महाशाखा तोक्ने सहमति भइसकेको छ ।
सांसदहरूको सुझावका आधारमा दोषीलाई कारबाही गर्न समिति सभापति जयपुरी घर्तीले जानकारी गराए । ‘सरकारले प्रारिम्भक रूपमा प्रतिष्ठानको अध्ययन गरिसके पछि त्यसैका, आधारमा बेथिति हटाउन निर्देशन दिएका छौं,’ उनले भनिन् ।
खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारबाही गर्न पनि सरकारलाई उक्त छलफलमा ध्यानाकर्षण गराए । गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकुलपतिलाई दइएको असीमित अधिकार तत्काल कटौती गर्न पनि पूर्वशिक्षा मन्त्रीले सरकारलाई आग्रह गरे । प्रतिष्ठानमा भएका यस्ता बेथिति तत्वहरुको अन्त्यका लागि सरकारले विस्तृत ढंगले छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने मा उनको जोडरहेको छ ।