कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–७ बालीमा पहिरोले घर बगाउँदा एकै घरका ५ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरूमा ४२ वर्षका ध्रुब बिष्ट ३५ वर्ष की ममता बिष्ट १५ वर्ष का भरत बिष्ट १३ वर्षका कृपेश बिष्ट ११ वर्ष की ज्योति बिष्ट रहेका छन् ।
आइतबार बिहान साढे १० बजे पहिरोले घर पुरिँदा उनीहरु बेपत्ता भएका हुन् ।
उनीहरूको खोजीकार्य अहिले जारी छ ।







