काठमाडौं २३ साउन । २०७७ सालको (एसईई) नतिजा प्रकाशन भएको छ । कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गराउन सम्भव नभएपछि एसईईको नतिजा आन्तरिक मूल्याङ्कन मार्फत गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले आज शनिबार एसईईको नतिजा सार्वजनिक गरेहको हो ।
विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । विद्यालयको प्रमाणीकरणलाई विश्लेषण गर्न बोर्डले आवश्यक आवश्यक नठानेकाले जीपीएमा कुनै पनि हेरफेर नगरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
नतिजा मोवाईल बाटै पनि हेर्न सकिने छ । नतिजा हेर्नको लागि एसईई लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखि ३४९४९, ३१००३ र ३५००१ मा एसएमएस गर्न सकिने छ ।
त्यस्तैगरी अन्य विभिन्न माध्यमहरुबाट पनि नतिजा हेर्न सकिने छ । जसमा बोर्डको वेबसाइट र आईभीआर प्रयोग गर्न सकिने छ ।
नतिजा हेर्नका लागि www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np मा गएर त्यहाँ दिएको निर्देशन अनुसार पनि नतिजा हेर्न सकिने छ ।