भरौल । वराहक्षेत्र नगरपालिकाको कार्यलय परिसदमा राजनीतिक दलको झण्डा सहित भारतिय नम्बरको सवारीसाधन प्रवेश गरेको बिषयलाइ नगरपालिकाले बिज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।
बिहिबार कार्यलयको समयमा भारतीय नम्बर प्लेटको गाडी नेपाली काङ्ग्रेसको झण्डा सहित नगरपालिका परिसरमा प्रवेश गरेको थियो । झण्डा सहित प्रबेश भएको गाडिको तस्बिर खैद गरी सामाजिक सञ्चालमा अनेकौ टिकाटिप्णी समेत भएको थियो ।
नगर प्रमुख वराहक्षेत्र नगरपालिका वडा नम्बर ११ स्थित एक सहकारीको साधरण सभामा सहभागि भएको समयमा सेवाग्राही को रुपमा आएको सो भारतिय गाडी नितान्त नगरपालिका भित्र सेवा लिने उद्देश्यले आएको थियो ।
नगरपालिकाको कार्यलयलाई राजनैतिक पुर्वाग्रह राखेर बदनियत पुर्ण ढंगले आएका टिकाटिप्णी हुन थाले पछि बास्तबिकता बारे नगरपालिकाले धारणा व्यक्त गरेको हो । भन्ने नगरबासीलाई कपोकल्पिक, भाम्रक र नगरपालिकाको प्रतिष्ठामा समेत आचँ आउने आउने अभिव्यक्ति , सामाजिक सञ्चाललमा आएको टिकाटिप्पणिको कुनै सत्यता समेत नभएको स्पष्ट पारेको छ ।