इस्लामावाद । शनिबार राति सारियाब रोडमा रहेको सुरक्षा जाँच चौकीमा ग्रेनेड आक्रमण हुँदा कम्तीमा चार जना घाइते भएका छन्।
दुईजना गम्भीर घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको हो । अज्ञात मोटरसाइकल सवारले प्रहार गरेको ग्रिनेड सडकको छेउमा खसेर चार जना पैदलयात्री घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरी र एफसीको टोली घटनास्थलमा पुगेर घाइतेलाई सिभिल अस्पताल लगिएको थियो । हामीले ट्रमा सेन्टरमा चारजना घाइते प्राप्त गरेका छौं,’ डा वसिम बेगले भने।
सुरक्षा बलहरूले इलाकालाई घेरा हालेर खोजी अभियान सुरु गरेका छन् र केही संदिग्धहरूलाई सोधपुछका लागि लगेका छन्। आक्रमणको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन ।