ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रधानमन्त्री भन्छन् : खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ कार्तिक ४ गते, ७:४६ बजे
प्रधानमन्त्री भन्छन् : खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध
20
SHARES
Share on FacebookShare on Twitter

कास्की । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताएका हुन् ।

चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुदलगायत प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले भने, ‘यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ । अतः यो निश्चित समयको अन्तरालमा नियमित तवरमा भइरहनु आवश्यक हुन्छ ।’

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल र सहभागी खेलाडी सङ्ख्याका आधारमा नेपाली खेलकुद इतिहासमा हालसम्मकै ठूलो प्रतियोगिता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, ‘प्रतियोगितामा दुई प्रदर्शन खेलसँगै ३६ वटा खेल समावेश गरिएको थियो । छ हजारभन्दा बढी खेलाडीले चार सय सात स्वर्णलगायत पदकका लागि प्रतिष्पर्धा गरेका थिए ।’

प्रतियोगिताको दौरानमा हाम्रा राष्ट्रिय खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै कतिपय विधामा नयाँ राष्ट्रिय कीर्तिमानसमेत राख्न सफल भएको उनले बताए । प्रतियोगिता सफलताका साथ सम्पन्न गरेर हामीले खेलकुद क्षेत्रको विकासमा नयाँ इतिहास बनाएको उनको भनाई छ ।

प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ खेल प्रतियोगितमा एक जना खेलाडीको दुःखद् निधन भएको खबरले स्तब्ध बनाएको भन्दै प्रधानमन्त्रीले दिवङ्गत खेलाडीप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । आगामी दिनमा यस प्रकारका दुःखद् घटना घट्न नदिन आवश्यक सतर्कता अपनाउन पनि उहाँले सम्बद्ध सबैलाई निर्देशन दिए ।

प्रतियोगिताको समाप्तीसँगै यसका क्रममा सिकिएका शिक्षाबाट कमजोर पक्षलाई आगामी दिनमा सुधार गर्नेगरी अघि बढ्न आवश्यक भएको उनले बताए । खेलकुदलाई गाउँघरदेखि सहर बजारसम्म अझ लोकप्रिय बनाउँदै आम जनमानसको पहुँचसम्म पुर्‍याउन मद्दत गर्ने यस किसिमको प्रतियेगिताले देशमा खेल, भावना, सद्भाव बढाउन मद्दत गर्ने बताउँदै उनले सबैमा खेलकुदको महत्व र उपयोगिताबारे समाचार सम्प्रेषण गर्दै स्वास्थ्य र अनुशासित जीवनको सन्देशसमेत दिने उल्लेख गरे ।

खेल आयोजना क्षेत्रमा नयाँ भौतिक पूर्वाधार संरचनाको निर्माणमार्फत खेलकुदका साथसाथै आर्थिक विकासमा पनि टेवा पुग्ने बताउँदै प्रधानमन्त्री देउवाले वर्तमान विश्वमा खेलकुद देशको नाम, पहिचान, प्रतिष्ठा र यसलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र फिँजाउने माध्यम रहेको बताए ।

सरकारले खेल क्षेत्रलाई अर्थतन्त्र, कूटनीति र पर्यटनसँग पनि आबद्ध गर्दै यस क्षेत्रको दीगो र चौतर्फी विकास गर्ने नीति लिएको भन्दै उनले बर्तमान विश्वमा खेलकुद क्षेत्रको नतिजा बहुआयामिक हुने कुरालाई मध्यनजर गर्दै खेलकुद क्षेत्रको समग्र विकास तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि सरकारले जोड दिँदै आएको उल्लेख गरे ।

राष्ट्रको गौरव खेलाडीलाई यथासम्भव आर्थिक तथा गैरआर्थिक सुविधा र प्रोत्साहनको व्यवस्था गरी उनीहरूको ध्यान खेलकुदमा लगाउने र उनीहरूलाई आफू संलग्न खेलमा उत्कृष्ट प्रदर्शन गर्नसक्ने वातावरण निर्माण सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । खेलकुद क्षेत्रमा राज्यको लगानी मात्र पर्याप्त नहुने बताउँदै उहाँले यसलाई निजी क्षेत्रको लगानीलाई पनि प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist