ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

‘सामाजिक दायित्व र स्वास्थ्य’ नारासहित बिपि प्रतिष्ठानमा ‘बायो–इथिक्स’ दिवस सम्पन्न

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ कार्तिक ४ गते, ८:१४ बजे
‘सामाजिक दायित्व र स्वास्थ्य’ नारासहित बिपि प्रतिष्ठानमा ‘बायो–इथिक्स’ दिवस सम्पन्न
27
SHARES
Share on FacebookShare on Twitter

धरान । धरान स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘सामाजिक दायित्व र स्वास्थ्य’ (Social Responsibility and Health) शीर्षकमा कार्यक्रमहरुको आयोजना गरी सन् २०२२ को बायो–इथिक्स दिवस मनाइएको छ । आफ्नो सहित अरु सबैको स्वास्थ्य र विकासको लागि आआफ्नो तर्फबाट सबैले दायित्व निभाउनुपर्ने सन्देस सहित प्रतिष्ठानमा बायोइथिक्स दिवस मनाइएको हो ।

बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता रहेको थियो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको अक्टोवर १९ मा अनलाईन र अक्टोवर २० का दिन बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्राष्ट्रिय सेमिनार सहितको आयोजना गरी समापन भएको छ ।

नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भर्चुअल कार्यक्रममा बायोइथिक्सकोे एशिया प्यासिफिक तथा शिक्षा विभागका प्रमुख अस्ट्रेलियाका प्रा.डा. रसेल डिसुजा प्रमुख अतिथि रहेका थिए ।

एकाइकी पूर्व प्रमुख प्रा.डा. रुपा राजभण्डारी सिंको सहभागिता सहित विद्यार्थी द्वय अपेक्षा उप्रेती र दिक्षान्त यादव कार्यक्रम सञ्चालक रहेको सो सत्रमा १० भन्दा बढी देशका सहित सहभागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिष्ठानका मानसिक रोग विभागका प्रमिख प्रा.डा. धनरत्न शाक्यले सञ्चालन गरेको उक्त अनलाइन सेमिनारका विज्ञ बक्ताहरु पाकिस्तानका प्रा.डा. रानो मल पिर्यानी, चिकित्सा शिक्षा आयोगका प्रमुख प्रा.डा. संघरत्न बज्राचार्य, वीर अस्पतालका प्रा.डा. रविराम श्रेष्ठ, नेपाल स्वास्थ्य अनुसन्धान परिषदकी नमिता घिमिरे लगायतले बायोइथिक्सको महत्वपूर्ण सिद्धान्त यस वर्षको नाराका विविध पक्षमा प्रकाश पारेका थिए ।

डा. अशोक ऐर्को धन्यवाद मन्तव्य र नेपालगञ्ज मेडिकल कलेजको विद्यार्थी संकायकी डा. कन्चन देवकोटाको संक्षेप विवरण पनि प्रस्तुत गरिएको थियो । त्यसै सत्रमा अन्तर्राष्ट्रिय जुनियर डक्टर्स एसोसिएसनको उद्घाटन भएको थियो ।

त्यसैगरी, अर्को दिन, प्रतिष्ठानको अडिटोरियममा अफलाइनमा कार्यवाहक शिक्षाध्यक्ष-परीक्षा डिन प्रा.डा. श्याम थापा क्षेत्री र शैक्षिक डिन शिवेन्द्र झाको आतिथ्य रहेको समापन समारोहमा नेपाल इकाइका वर्तमान प्रमुख प्रा.डा. धनरत्न शाक्यको परिचयात्मक स्वागत गरेका थिए भने डा. सरुन कोइरालाको धन्यवाद ज्ञापन, र प्रतिष्ठानको विद्यार्थी संकायका हेड सल्मान हैदरको मन्तब्य र अक्षता वस्ती र दिब्या झाले  कार्यक्रमको विभिन्न सत्रहरु सञ्चालन गरेका थिए ।

प्रा.डा. शाक्यबाट सञ्चालन भएको सेमिनारको अर्को खण्डमा बक्ताहरु प्रा.डा. बालकृष्ण भट्टराई, डा. रविन मास्के, राजेश ज्ञवाली, डा. सूर्यप्रसाद पराजुली, खेमचन्द्र सुबेदी र डा. आयूष आनन्द लगायतबाट स्वास्थ्य, शिक्षा, अनुसन्धान, दन्तचिकित्सा, कानून, जनसमुदाय र मानसिक स्वास्थ्य जस्ता विविध कोणहरुबाट विश्लेषण र जानकारी मुलक प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा विविध प्रतियोगिताहरु अनुसन्धान, आर्ट पोस्टर, फोटो, मूभि, निबन्ध, र कविताको परिणाम घोषणा गरिएको थियो ।

फोटो प्रतियोगितामा अपेक्षा उप्रेती (बी.पी.को.स्वा.वि. प्रतिष्ठान) र अफ्रोज (बी.पी.को.स्वा.वि. प्रतिष्ठान); मूभिमा ओसन पराजुलीको टिम (विराट मेडिकल कलेज), निबन्धमा रिचा कोइराला (बी.पी.को.स्वा.वि. प्रतिष्ठान), डा. कञ्चन देवकोटा (नेपालगञ्ज मेडिकल कलेज); कवितामा जेनिसा परियार (विराट मेडिकल कलेज) र साकार शर्मा (नेपालगञ्ज मेडिकल कलेज), आर्ट पोस्टरमा रिचा कोइराला (बी.पी.को.स्वा.वि. प्रतिष्ठान) र पुनम बुढाथोकी (नेपालगञ्ज मेडिकल कलेज) तथा अनुसन्धान पोष्टरमा सिद्धार्थ गुप्ताको टिम (बी.पी.को.स्वा.वि. प्रतिष्ठान) पुरस्कृत भए ।

विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएकोछ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिईएको छ ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist