काठमाडौं, २४ साउन । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा ढीलाई गरेको भनि असन्तुष्टि व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपनि घोषणा अनुसार कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि गरेका हुन ।
अध्यक्ष दाहालले भने “सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद संकटग्रस्त जिल्ला त घोषणा ग¥यो तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु त्यहीँ अनुसार तीब्रताका साथ अगाडी बढ्न सकेन ।
आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितहरुसँगको भेटमा अध्यक्ष दाहालले सो क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढी पीडितलाई सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
नेपालमा प्राकृतिक प्रकोप बढदै जानुमा जलवायु परिवर्तनले पनि भूमिका खेलेको हुन सक्ने दावी गर्दै अध्यक्ष दाहालल भन्छन् त्यसलाई न्यूनीकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्र संघलगायतका सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने रहेको बताए । उन्ने भने त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने छु ।