इटहरी । नेपाली कांग्रेस सुनसरीका उपसभापति तथा प्रचारप्रसार समितिका संयोजक नगेशचन्द्र राईले सुनसरीमा कांग्रेसले चुनाव जित्ने निश्चितजस्तै रहेको दाबी गरेका छन् ।
बुधबार नेपाल प्रेस युनियन सुनसरीको कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै राईले सुनसरीका चारवटा निर्वाचन क्षेत्रमध्ये तीनवटा निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार रहेको एउटा क्षेत्रमा माओबादीको उम्मेदवार रहेकाले तीन क्षेत्रमा निर्वाचन जित्ने निश्चितजस्तै रहेको दाबी गरेका हुन् ।
‘अघिल्लोपटक बाम गठबन्धन हुँदा कांग्रेस एक्लैले तीनवटै क्षेत्रमा निर्वाचन जितेको र अहिले पनि तीनै टेस्ट भइसकेका उम्मेदवार दोहोरिएको र विकास निर्माणका काम भएका कारण चुनाव जित्ने आधार छ,’ उनले भने, ‘अहिले जिल्लाभर नै कांग्रेसले वडागत रूपमै कांग्रेसलाई संगठित गर्दै गएको छ, हामीले अब १७ गतेपछाडि वडा तहबाटै निर्वाचनको प्रचारप्रसार गर्नेछौँ ।’
कार्यक्रममा प्रेस युनियनमा आवद्द पत्रकार लगयात संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थिए । उक्त कार्यक्रमको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।