काठमाडौं २४ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार बसेको पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोजित कार्यक्रममा प्रधानमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, जसपाले शेरबहादुर देउवा नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको हो।
पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले स्वास्थ्य सामग्री खरिदमा गरिएको अनियमितता भएको भ्रष्टाचार छानबिन गर्ने विषयलाई महत्वका साथ स्थान दिएको छ। कार्यदलका संयोजक नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भने दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने सरकारको आज सार्वजनिक गरेको न्यूनतम् साझा कार्यक्रम उल्लेख छ ।
आइतबार अपराह्न सिंहदरबारमा सरकारको न्यूनतम् साझा कार्यक्रममा चैतसम्म सबै नेपालीलाई निःशुल्क कोरोना खोप दिलाउने प्रण पनि गरिएको छ । यसैगरी सरकारको मुख्य प्राथमिकता कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्ने रहेको संयोजक खड्काले जानकारी दिनुभयो ।