बराहक्षेत्र । संयुक्त लोकतान्त्रिक वाम गठबन्धन सुनसरी क्षेत्र – ४ निर्वाचन प्रचारप्रसार तथा परिचालन समितिका संयोजक एव नेपाली कांग्रेसका युबा नेता रेवतीरमण दुलालले एमाले – जसपा गठबन्धनबाट प्रतिनिधि सभाको उमेदवार बनेका जगदीशप्रसाद कुसयैतले २०७४ सालमा जनताले दिएको भोटको दुरुपयोग गरेको आरोप लगाएका छन् । २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं ४ प्रदेस सभा क मा कुसियैतको प्रतिस्पर्धी समेत रहेका दुलालले भन्ने ” जनताको भोट लिने, काम केही नगर्ने अनि निर्वाचनमा झुटो कुरा गर्दै हिड्ने बाट होसियार बनौं । कुसियैत खोक्रो कुरा र चिप्लो भाषण गर्दै भोट मागि रहेका छन् । ५ बर्ष प्रदेशको सासद र ४ बर्ष मन्त्री हुदा के के काम गर्नु भयो भन्नेर जनताले प्रश्न गर्नु पर्दछ।”
शुक्रवार वराहक्षेत्र – ९ स्थित राजाबासमा आयोजित गठबन्धनको चुनाबी सभामा बोल्दै दुलालले बिकासको नमुना र योजना बारे कोसि गाउँपालिकाका अध्यक्ष एयुब अन्सारीसंग ज्ञान लिन कुसियैतलाई आग्रह समेत गरेका थिए । मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरेका बिकासको योजनाको चर्चा गर्दै दुलालले गफ गर्ने भन्दा पनि काम गर्ने नेतालाइ भोट गर्न आव्हान गरेका थिए ।