काठमाडौं । आसन्न निर्वाचनका लागि सरकारले मङ्सिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् ।
गृह मन्त्रालयले मंगलबार विज्ञप्ति मार्फत मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने जनाएको छ ।
