काठमाडौं २५ साउन । सोमबार बसेको स्थायी कमिटि बैठकमा नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
गौतमले विधान संशोधन प्रस्तावमा छलफल गर्न बसेको बैठकमा वरिष्ठ नेता माधव नेपालप्रति अध्यक्ष ओलीले देखाएको व्यवहारको कडा आलोचना गर्दै अध्यक्ष ओलीले मनपरी गरेको भन्दै विधान संशोधन गर्दा अध्यक्षका अधिकारहरूमा त्यसलाई पनि विधानमै राख्न माग गरे ।
(एमाले) का उपाध्यक्ष वामदेव गौतमको भनाई लाई उधृत गर्दै एक नेताले भन ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ भन्ने र पार्टी अनुशासनात्मक कारबाही गर्दा प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ’ भन्ने उल्लेख गर्नुपर्यो।’
ओलीले नेता नेपाललाई गद्दार, देशद्रोहीको आरोप लगाउनुका साथै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्ने भन्दै अहिलेसम्म भएका गल्तीमा आममाफी दिने घोषणा गरेका थिए ।
उपाध्यक्ष गौतम ओलीका यस्ता अभिव्यक्ति र व्यवहार कुनै पनि कम्युनिष्ट पार्टिको विधानमा उल्लेख नभएको र यस्ता आरोपहरू लगाउने नगरिएको भन्दै यो विषय उठाएका थिए ।
’वरिष्ठ नेता नेपाललाई अध्यक्ष केपी ओलीले राजनीतिक मतभिन्नताका सन्दर्भमा भनेका अपराधी, गद्दार र देशद्रोही जस्ता कुराको खण्डन गर्दै उपाध्यक्ष गौतमले भने यस्ता कुरा किन बोल्नुभयो अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुप¥यो । मनपरी गर्न पाइँदैन । गौतमले भने, ‘त्यसैले पार्टीमा कसैले गल्ति ग¥यो भने राजनीतिक कारबाही हुन्छ ।’
यसरी वामदेवले बोलिरहँदा बैठक हलमा उपस्थित सबै स्थायी कमिटि सदस्यहरुमा सन्नाटा छाएको थियो ।






