मुस्ताङ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत भएको मतदानको हिमाली जिल्ला मुस्ताङमा मतगणना सुरु भएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यहाँ प्रतिनिधि सभाको ९८३ मतगणना हुँदा नेपाली कांग्रेस अगाडि रहेको छ ।
कांग्रेसका योगेश गौचन थकालीले ५३७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले उनलाई पछ्याउँदै ४२१ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ र राप्रपा नेपालका प्रविणकुमार शेरचनले २ पाएका छन् । हालसम्म ११ मत बदर भएको छ । लोमान्थाङ, मराङ, लेते, चिमाङको गणना भएको हो ।
जिल्लामा १० हजार ९५७ मतदाता थिए । ४० मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएकोमा ७ हजार २३० मत खसेको छ । ५ हजार ५८१ महिला महिला, ५ हजार ३७५ पूरुष र १ जना अन्य मतदाता हुन्।
प्रदेश ‘क’ मा २ र प्रदेश ‘ख’ मा ३ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।