काठमाडौं २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झ्यालबाट नभई जनमत सहित आफू सत्तामा प्रवेश गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै ओलीले भने, ‘फेरि पनि असाधारण जनमत सहित प्रवेश गर्छु । जालझेलबाट होइन । उनले भने आफूँले राम्रमो काम गरेपछि जनताले मत दिएर आएको जानकारी गराए । म विभिन्न पार्टीका नेताहरुको ईर्ष्या, जलन कुण्ठाले प्रधानमन्त्री भएको होइन ।’
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अंकित गर्दै जाली मुद्धा र परमादेशबाट नभएकाले आफू जनमतबाट प्रधानमन्त्री बनेको बताए ।
ओलीले पहिलेको कार्यकालबाट बाहिरिँदै गर्दा पनि आफूले फेरि जनमतसहित फर्कन्छु भनेको स्मरण गर्दै त्यहि परिस्थितिबाट फेरी आउन सक्ने जिकिर गरे ।
एक महिना बितिसक्दा समेत अलोकतान्त्रिक गठबन्धनको सरकारले बधाईको रोइलो गरिरहेका उनको आरोप थियो ।
अलोकतान्त्रिक गठबन्धनतर्फ देश जान थालेको उनको आरोप थियो । देउवाले कार्याकाल बधाई तथा शुभकामनामै वित्ने व्यंग्य गर्दै एक महिना खेर फालि सकेको जानकारी दिए।
उनले भने ‘प्रतिपक्षलाई गाली गरेर नबस्नुहोस्, तपाईंहरुको कार्यकाल भोटोको फेर समातेर नाच्दानाच्दै सकिने भयो।’