काठमाडौं २७ साउन । शेर बहादुर देवा सरकारले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई पूर्ण नियूत्ति गरेको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको एक मन्त्रीले जानकारी गराए ।
हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको ती मन्त्रीले जानकारी गराए । शाक्उलाई पहिले देखि खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको छ । शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने कुरा को जानकारी दिए ।