काठमाडौं । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर नियुक्तीको प्रकृया माथि प्रश्न उठेको छ । प्रतिष्ठानका निलम्बीत उपकुलपती डा. ज्ञानेन्द्र गिरीको सिफारीसमा तत्कालिन स्वाथ्य मन्त्री भवानीप्रसाद खापुङले प्रा.डा. संजिबकुमार शर्मालाई गत पौष ६ गते रेक्टर नियुुक्ती गरेका थिए ।
प्रा.डा. शर्मालाई मन्त्री खापुुङले आफ्नो निजी लेटरप्याडमा आफैले हस्ताक्षर गरेर नियुुक्ति दिएका छन् । यो खालको नियुुक्ति नेपालकै पहिलो नियुुक्ती हो । नेपाल सरकारका एक सहसचिबका अनुुसार ‘उपकुुलपतीले तिन जनाको नाम सिफारीस गरेपछि स्वास्थ्य मन्त्रालयका सचिबले टिप्पणी तयार पार्ने र स्वास्थ्य मन्त्री (प्रतिष्ठानका सहकुलपती समेत रहेका हुन्छन्) ले निर्णय सदर गरेपछि मात्र मन्त्रालयका सचिब-सहसचिब-उपसचिब वा जिम्मेवार अधिकृतले नियुक्तीपत्र दिने प्रकृया हुन्छ ।
त्यसको बोधार्थ प्रतिष्ठानका कुलपती अर्थात प्रधानमन्त्रीलाई पनि दिनुु पर्ने हुन्छ उनले भने । तर, रेक्टर संजिबकुमार शर्मालाई मन्त्रालयको आन्तरिक प्रकृया पुुरा नगरि मन्त्रीको निजी लेटरप्याडमा दिइएको नियुक्ती नियमसंगत छैन भन्ने प्रस्ट भएको उनले जानकारी दिए । नियमावालीले उपकुलपतीको सिफारीसमा सहकुलपतीले नियुुक्ति गर्ने ब्यबस्था छ त्यो हिसाबले ठिक छ भन्ने तर्क रहेपछि प्रशासनिक प्रकृया गलत छ यो राम्रो थिती हैन उनले भने । प्रतिष्ठानको रेक्टर भनेको सरकारले एउटा जिम्मेवारी दिएर नियुुक्त गरेको कर्मचारी हो,कर्मचारीको नियुुक्ति मन्त्रिको लेटरप्याडर र मन्त्रीकै हस्ताक्षरमा कहीपनि नहुने सरकारकै सचिबहरु बताउछन् ।
यसअघि उपकुलपतीले सिफारीस गरेपछि मन्त्रालयका सचिबले टिप्पणी तयार गरि कस्लाई किन नियुुक्ति दिने भन्ने उल्लेख गरी मन्त्रीले टिप्पणी सदर वा निर्णय गरेपछि दिने गरिएको थियो र प्रकृया यही हो स्वास्थ्य मन्त्रालयका एक पुर्व सचिबले भने अहिलेको नियुुक्तिको विषय सचिबहरु विचपनि आश्चर्य भएको छ । यो विषयमा अहिले स्वास्थय मन्त्रालयमा उजुरी पनि परेको स्रोतको दावी छ ।
स्वास्थ्य मन्त्रालयका एक अधिकृतका अनुुुसार प्रा.डा. संजिबकुमार शर्मालाई रेक्टर नियुुक्तिमा प्रकृया पुरा नभएको भन्दै सचिबले हस्ताक्षर गर्न नमानेपछि मन्त्री आफैले आफ्नो लेटरप्याडमा नियुक्ति पत्र दिएका हुन् । यही विषयले स्वास्थ्यमन्त्री र मन्त्रीविच दुरी समेत बढेको थियो । उनका अनुसार, प्रतिष्ठान स्रोतका अनुुसार रेक्टरको नियुक्तीपत्र देखेर प्रतिष्ठान प्रशासनका कर्मचारी समेत आश्र्चयमा परेका थिए ।
मन्त्रीको लेटरप्याडमा मन्त्रीकै हस्ताक्षर भएको पत्र प्रतिष्ठानमा कहिलेपनि नआएको प्रतिष्ठान प्रशासनका एक कर्मचारी बताउँछन् । रेक्टर नियुक्तीको विषयमा अख्तियारमा समेत मुुद्धा दर्ता हुन लागेको प्रतिष्ठान स्रोतले जानकारी दियो । यसमा पुर्व मन्त्रीलाई पनि अफ्ट्यारो पर्न सक्ने देखिएको छ ।
‘प्रा.डा. संजिबकुमार शर्मा जस्तो ब्यक्ति रेक्टर नियुक्ती हुनु खुसीको कुरा हो । तर, प्रशासनिक प्रकृया नै ठाडो आदेशको नियुुक्तीले उहाँको छवि माथि नै प्रश्न उठ्ने अबस्था आयो ।’ प्रतिष्ठानका एक चिकित्सकले भने, ‘कम्तीमा सबै प्रकृया र प्रचलित नियम र अभ्यासको पालना गर्नुु आवश्यक हुुन्छ ।’ स्रोतका अनुसार तत्कालिन स्वास्थ्य सचिबले प्रकृया पुरा गरेर नियुक्ती गरौ भन्दा मन्त्री खापुङले ‘मेरो अधिकार क्षेत्रमा तपाईले हस्तक्षेप नगुर्न’ भन्ने आशयको जवाफ दिएपछि सचिबले आन्तरिक प्रकृया नै अगाडी बढाएका थिएनन् ।
‘मन्त्रीको लेटर प्याड र हस्ताक्षरमा पिए नियुक्ती गर्न पाइन्छ, मन्त्रीसँग सम्बन्धित नोट जारी गर्न पाइन्छ । तर कर्मचारी नियुुक्ति गर्ने अभ्यास त कही देखिदैन’, मन्त्रालयका एक अधिकृतले भने । मन्त्रीले सचिबलाई नियमअनुसार काम गर्न निर्देशन दिने हो मन्त्री आफैले सचिबको काम गर्ने ‘चेन’ कही पनि छैन उनले भने । रेक्टर नियुुक्तीको सिफारीस गर्ने तत्कालिन उपकुलपती डा. ज्ञानेन्द्र गिरी भ्रस्ट्राचार मुुद्धामा अख्तियारमा मुुद्धा दायर भएपछि निलम्बनमा रहेका छन् ।