ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको २० बुँदे ज्ञापन पत्र – आर्थिक सङ्कटबारे गम्भीर हुँन आग्रह

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ माघ १७ गते, ११:१० बजे
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको २० बुँदे ज्ञापन पत्र – आर्थिक सङ्कटबारे गम्भीर हुँन आग्रह
21
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । देशको आर्थिक सङ्कटबारे मङ्गलवार बिहान पार्टी अध्यक्ष माधवकुमार नेपाल सहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे  सुझावसहितको ज्ञापन पत्र बुझाएका हुन् ।

चरम आर्थिक सङ्कट परेको, बैङ्कको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाएको जनाएको छ । मुलुकमा राजस्वले नियमित खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको र गत मंसिरसम्मको तथ्याङ्क अनुसार राजस्व उठ्ती २०.७ प्रतिशतले नकारात्मक भएको पार्टीले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

ज्ञापन पत्रमा भनिएको आम जनतामा निराशा व्याप्त रहेको र राजनीति र राजनीतिक संस्थाहरूप्रति नै आम जनतामा वितृष्णा सिर्जना हुँदै गइरहेको छ ।  ‘बैङ्क ब्याज चर्को भएका कारणले ऋण लिएर कारोबार गर्ने अधिकांश साना र मझौला व्यवसायी धराशायी हुने अवस्थामा पुगेको छ । बैङ्क तथा विभिन्न वित्तीय संस्थाको ऋण तिर्न नसकेर दैनिक जसो किसान तथा साना र मझौला व्यवसायीहरूले आत्महत्या गरिरहेका छन् । ठुला व्यवसायीहरू पनि गम्भीर सङ्कटतर्फ उन्मुख भएको लगायत पत्रमा उल्लेख गरेका छन् ।

देशमा गरिखाने वातावरण नभएका कारणले युवाहरूको विदेश पलायन तीव्र भइरहेको छ । दैनिक उपभोग्य सामानको मूल्यमा अत्यधिक वृद्धि हुनुका कारणले आम जनजीवन कष्टकर भएको छ । न्यून आय समूहका श्रमिक वर्गका मानिस बाँच्नै मुस्किल भएको छ । उद्योग-व्यवसाय धराशायी हुँदै गएपछि बैङ्कको ऋण असुलीमा गम्भीर समस्या देखिएको भन्दै ज्ञापन पत्रबाट पार्टीले सुधारका लागि सुझाव दिएको बताएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist