मोरङ । मोरङमा स्कारपिओ र सफारी एकापसमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका ७ मा स्कारपिओ गाडी र सिटी सफारी एकापसमा ठोक्किँदा सफारी चालकको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च ६८४५ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०२ ह ३०७ नम्बरको सफारी ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सफारीमा सवार पथरीशनिश्चरे १० की २१ वर्षीया सानिया राई, पाल्मु तामाङ, २० वर्षीया कृति तामाङ, ओमा राई, १९ वर्षीया विष्णुमाया मगर र १८ वर्षीया रञ्जना राई घाइते भएका छन् ।
घाइतेमध्ये अचेत रहेकी विष्णुमायाकोे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न स्कारपिओ र चालक झापाको दमक नगरपालिका २ का ४० वर्षीय सन्दीप बस्नेतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।