काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण हाल प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली तथा तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएका हो ।
यस्तै, आज राती देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।